सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखरेली व्यवसायीको माग
पाेखरा | बैशाख १४, २०८१
पोखरा: वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।
नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको तर्क छ ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अन्तरप्रदेश पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुक्रबार वीरगञ्जमा वीरगञ्ज उद्योग वाणिज्य संघले टेवानको भ्रमण टोलीसँग गरेको अन्तक्र्रियामा उक्त कुरामा जोड दिइएको हो ।
वीरगञ्ज उद्योग वाणिज्य संघ अध्यक्ष अनिलकुमार अग्रवालले सातामा कम्तीमा २ उडान हुनुपर्ने माग गरे ।
उनले मधेश प्रदेश र गण्डकी प्रदेश सरकारका प्रमुखमार्फत चाँडै नै उडान निरन्तरतामा पहल गर्नुपर्ने उनको भनाइ थियो ।
२ वर्षअघि तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र लालबाबु राउतको पालामा बुद्ध एयरले दुई सहरबीच उडान सुरु गरे पनि १ वर्षयता रोकिएको छ । नेपालका ६ महानगरमध्ये पोखरा र वीरगञ्जबीच आपसमा धार्मिक एवं पर्यटकीय सम्भावना छन् ।
प्रमुख अतिथि टेवान अध्यक्ष कमला गिरीले पोखरा र वीरगञ्जका उद्योग व्यवसायीबीच आपसी सहकार्यमा जोड दिइन् ।
उनले गण्डकीका ११ वटै जिल्लामा टेवानको कार्यक्रम भए पनि अन्तरप्रदेशबीच पनि विविध पर्यटनसम्बद्ध कार्यक्रम गर्नुपर्छ भन्ने सोचका लागि पहिलो पल्ट कार्यक्रम लिएर मधेश प्रदेश आएको बताइन् ।
वीरगञ्ज औद्योगिकमात्र नभई धार्मिक, पुरातात्विक, प्राकृतिक, पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको ठाउँ रहेकोले पर्यटनको राधजानी पोखरासँग विविध विषयमा सहकार्य गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले धन्यवाद ज्ञापन र संघका प्रशासकीय अधिकृत मनोज उपाध्यायले संघका गतिविधिबारे बताए ।
कार्यक्रममा टेवान सचिव एवं पर्यटन प्रवद्र्धन कार्यक्रम संयोजक शोभा अधिकारी पौडेल, टेवान उपाध्यक्ष प्रभा सुवेदी, वीरगञ्ज उद्योग वाणिज्य संघ सदस्य नीलम सिंह, अर्का सदस्य अनुज अग्रवाल लगायतले दुवै सहरको पर्यटकीय सम्भावनाका बारेमा बोलेका थिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

